Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सोमबार निर्वाचनमा आयोगमा पुगेर लीमा अधिकारीसहितका नेताहरुले दल दर्ताका लागि आयोगमा निवेदन पेश गरेका हुन् ।
राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आफूहरुले दल दर्ताका लागि आयोगमा निवेदन दिएको नेतृ अधिकारीले जानकारी दिइन् ।
उनले विधिको शासन, नागरिक सर्वोच्चता र संविधानलाई ट्रयाकमा ल्याउन पनि निर्वाचनमा केन्द्रित हुने निष्कर्षमा आफ्नो पार्टी पुगेको समेत बताइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij