Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा जनकपुर बोल्ट्ससँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्स गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
दोस्रो संस्करणको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । सो खेल दिउँसो ४ बजेदेखि शुरु हुनेछ। जनकपुर बोल्ट्स पहिलो संस्करणको विजेता हो । जनकपुरले सुदूरपश्चिम रोयाल्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।
यस संस्करणमा लिग चरणका खेलहरू नोभेम्बर १७ (मंसिर १ गते) देखि डिसेम्बर ७ (मंसिर २१ गते) सम्म चल्नेछन् । खेलहरू दुई सत्रमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । पहिलो खेल बिहान ११ः४५ बजे र दोस्रो खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
लिग चरणपछि डिसेम्बर ९ मा अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका टोलीबीच पहिलो क्वालिफायर को खेल हुनेछ । त्यसपछि डिसेम्बर १० मा तेस्रो र चौथो स्थानमा रहेका टोलीबीच एलिमिनेटर हुनेछ ।
डिसेम्बर ११ मा पहिलो क्वालिफायरको पराजित र एलिमिनेटरको विजेता टोलीबीच दोस्रो क्वालिफायर खेलिनेछ। यी सबै चरण पार गरेर फाइनलमा पुग्ने दुई टोलीबीच डिसेम्बर १३ मा अन्तिम खेल हुनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij