
Apr 30 2025 | २०८२, वैशाख १७ गते
सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । जन्मदिनको लागि बालुवाटारमा विशेष केक मगाइएको थियो भने पौडेललाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष प्रचण्डलगायतका सचिवालय सदस्यहरुले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरेका थिए ।
यस्तै अवसरमा पार्टी उपाध्यक्ष वामदेव गौतमले गौतमलाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शुभकामना दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेकपाभित्र विवादले उग्र रुप लिएको बेला पौडेलको जन्मदिनको दिन रमाइलो माहोल भएको हो। पौडेलको जन्मदिनको केट काटेपछि सचिवालय बैठक बसिरहेका छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij