Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एनपिलएल : विराटनगरको जर्सी सार्वजनिक

एनपिलएल : विराटनगरको जर्सी सार्वजनिक

  • काठमाडौं । फ्रेन्चाइज टोली विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिलएल) को दोस्रो सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । सन्दीप लामिछाने मार्की रहेको विराटनगरले आफ्नो जर्सीमा कोशी प्रदेशको गौरव, ताकत र समुदायको भावना झल्काएको छ । जर्सीका हरेक विवरणमा हाम्रा विश्वास, संस्कार र विराटनगरको अविचलित भावनाको अर्थ, उद्देश्य र पहिचान समाहित गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    डिजाइनको केन्द्रमा सप्तकोशीको प्रवाह समेट्ने सात रेखाहरू रहेका छन् । यी सात रेखाहरू विशाल सप्तकोशी नदी बन्न एकसाथ मिसिने सातवटा शाखा नदीहरूका प्रतीक हुन् । जसले एकता, शक्ति र गतिशीलतालाई जनाउँछन् ।

    AGNI GROUP

    टोलीले दोस्रो संस्करणको लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिल, दक्षिण अफ्रिकाका फाफ डुप्लेसिस र मार्चन्ट डि लिग्ने, अस्ट्रेलियाका साम हिजलेट र स्कटल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ ।

    विराटनगरले सन्दीपसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको थियो । यसैगरी टोलीले मिनी अक्सनबाट सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर रानालाई अनुबन्ध गरेको हो ।

    नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने लिगमा विराटनगरसहित साविक विजेता जनकपुर बोल्ट्स, साविक उपविजेता सुदूरपश्चिक रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स छन् । प्रतियोगिता मंसिर १ देखि २७ सम्म हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij