Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

माओवादी केन्द्रले सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ- प्रचण्ड

माओवादी केन्द्रले सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ- प्रचण्ड

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका विशेष महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले सक्रियताका साथ निर्वाचनमा भाग लिने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले माओवादी केन्द्र घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट गरेका हुन् । 

    AGNI GROUP

    प्रचण्डले अन्य राजनीतिक दलहरूसँग पनि कुराकानी भइरहेको बताउँदै केही समयपछि त्यसको परिणाम देखिने दाबि गरे । उनले माओवादी केन्द्रको बैठकमा देशभर मनसुनजन्य विपद्ले पुर्याएको क्षति र अब गर्नुपर्ने कामको विषयमा छलफल भएको समेत बताए ।

    जेनजी आन्दोलनको दबाबपछि पार्टीको नेतृत्व छोड्ने भन्दै विशेष महाधिवेशन घोषणा गरेका प्रचण्डलाई हाल पार्टीको नेतृत्व छोड्ने दबाब रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij