
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । अभिनेत्री सुष्मा कार्कीसँग अभिनेत्री श्वेता खड्काकी बहिनी आरती र रंग पत्रकार उत्सव रसाइलीले माफी मागेपछि विवाद समाधान भएको छ । आज दिनभर प्रहरी वृत्तमा भएको छलफलपछि यो विवाद सहमतीमा टुंगिएको हो ।
माघ १९ गते राति दरबारमार्गस्थित लण्डन पब क्लबमा स्वेतासहित उनको बहिनी आरती र पत्रकार रसाइलीले गालीगलौज र कुटपिट गरेको भन्दै सुष्माले प्रहरीमा उजुरी दिएकी थिइन्।
आफूलाई रंग पत्रकार उत्सव रसाइलीले गालीगलौज गरेको र नायिका श्वेता खड्काकी बहिनी आरती खड्काले कुटपिट गरेको भन्दै सुष्माले उजूरी दिएकी थिइन् ।
आज (बुधवार) दिनभर प्रहरी वृत्तमा भएको छलफलपछि यो विवाद सहमतीमा टुंगिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij