Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

चुनाव नलड्ने १०-१२ जनालाई मन्त्री बनाउछौं- प्रधानमन्त्री कार्की

चुनाव नलड्ने १०-१२ जनालाई मन्त्री बनाउछौं- प्रधानमन्त्री कार्की

  • काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले १० देखि १२ जानको हाराहारीमा मन्त्री बनाउने बताएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    बिबिसी नेपालीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले २५ मन्त्रालयमा एक जानले कम्तिमा दुई मन्त्रालय हेर्ने गरि बनाउने तयारीमा रहेको बताएकी हुन् ।

    AGNI GROUP

    उनले भनेकी छन्- 'राष्ट्रपतिले राजनीतिक दलका एक एक जना लिएर बृहत निर्वाचनको मन्त्रिमण्डल बनाउनुस् भन्नु भएको थियो । तर मैले त्यस्तो राम्रो हुदैन, स्वतन्त्र मान्छे हुनुपर्छ भनेको छु । अब गर्नेमा हामीले समावेशीलाई हेर्नुपर्ने छ । त्यसमा जनजाती, दलित, महिला, पिछडिएको पनि भयो भने, त्यस्तो व्यक्तिहरुको हामी खोजीमा छौं। नाम त थुप्रै आएको छ तर त्यसमध्येमा हामीले पोलिटिक्समा गएको छ की छैन भन्ने हेरिरहेका छौं ।'

    प्रधानमन्त्री कार्कीले निर्वाचनमा नजाने व्यक्तिलाई मन्त्री बनाउन सोचाइमा रहेको बताएकी छन् । उनले आफुलाई सहयोग गर्नेहरुबाट नामहरुमा विचार गरिरहेको बताएकी छन् ।

    उनले आफुसँग केवल ६ महिनाको समय भएको र निर्वाचनमा केन्द्रित भएको बताएकी छन् । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको छानबिन गर्ने समितिले एक महिना र बढीमा ४५ दिनमा सक्ने गरि बढीमा तीन जनाको समिति बनाएर अध्ययन गराउने समेत बताएकी छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij