Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

बुबा र हजुर बुबा सरहका नेताले काम नगरेपछि आन्दोलन भयो- सुदन गुरुङ, अध्यक्ष  हामी नेपाली

बुबा र हजुर बुबा सरहका नेताले काम नगरेपछि आन्दोलन भयो- सुदन गुरुङ, अध्यक्ष  हामी नेपाली

  • काठमाडौँ । जेनजी आन्दोलनको नेतृत्व गरेको एक समुह हामी नेपालीका अध्यक्ष सुदन गुरुङ पत्रकार सम्मेलनमा भावुक बनेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पत्रकार सम्मेलनमा भावुक बनेका गुरुङले आफ्नो चाहना देश बनाउने मात्र भएको तर अहिले राजनीति भएकोमा दुख व्यक्त गरेका छन् । उनले आन्दोलन सफल भएकोमा समेत खुशी व्यक्त गरेका छन् ।

    AGNI GROUP

    गुरुङले मिडियालाई पनि दुखमा परेका मान्छेको समाचारलाई प्राथमिकता दिन अनुरोध गरेका छन् । गुरुङले राजनीतिक दलले जेनजीको आन्दोलनलाई समर्थन नगरेकोमा आश्चर्य व्यक्त गरे । उनले देशमा राम्रो काम गरेमा अन्तर्राष्ट्रिय समुदायले इज्जत गर्ने भन्दै यो परिवर्तन दलहरुको पनि भएको बताएका छन् ।

    उनले टिकट बेच्ने प्रवृतिको अन्त्य किन नगरेको भन्दै बुबा र हजुर बुबा सरहका नेताहरुले देशको लागि काम गर्न नसकेकोले अहिले यो आन्दोलन भएको बताए ।

    उनले आफु अहिलेसम्म कुनै दलको सदस्यता नलिएको र आफु केवल सामान्य भोलीयन्टर भएको स्पष्ट गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij