Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

गभर्नर डा. पौडेल भन्छन्- मेरो रिस बृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस

गभर्नर डा. पौडेल भन्छन्- मेरो रिस बृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस

  • काठमाडौँ । गभर्नर डा. विश्व पौडेलले आफ्ना बृद्ध बा आमा बसेको चितवनको घर जलाइएकोमा असन्तुष्ट व्यक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा लेख्दै गभर्नर पौडेलले आफ्नो रिस भैसेपाटीको घर जलाएर नपुगि वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस भनेका छन् ।साथै गभर्नर पौडेलले जिन्दगीमा कसैसँग एक रुपैया नमागेको बताउदै आफु चितवनमा सधै कक्षामा फस्ट भएको र गाउँको केहि सुबिधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक रहेको, आफु नेपालमै बस्ने गरि आएपछि केयुमा प्राध्यापक भएको बताएका छन् ।

    AGNI GROUP

    उनले भनेका छन-

    यस भिडियोमा शुरुमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षिय बुढि आमाको सुत्ने कोठा हो। वहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो । यो मेरो गाउँको घर हो । गभर्नर भएपछि पनि हरेक हफ्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थे । बा ले लगभग १५ वर्ष अघि म बिद्यार्थी छँदानै बनाएको घर हो । अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो । केहि अघि रक्ताल्पता भैराखेर बाँच्नुहुन्नकी जस्तो भएकोमा अहिले सन्चो हुदैथियो । ६७ वर्ष अघि चितवन झर्नुभएका बा का सबै सन्तान यहि जन्मेका हुन । जिन्दगीमा मैले कसैसँग एक रुपैया मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सधै कक्षामा फस्ट हुन्थे । गाउँको केहि सुबिधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरी आएपछि केयुमा प्राध्यापक भए । बा आमा दुबै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ । मेरो रिस मेरो भैसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij