Logo

Sep 10 2025 | २०८२, भदौ २५ गते

Sep 10 2025 | २०८२, भदौ २५ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेसम्म बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेसम्म बन्द

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकी ६ बजेसम्मका लागि बन्द गरिएको छ ।

    images
    images
    images

    देशभर निषेधाज्ञा र कर्फ्यू जारी भएका कारण विमानस्थल आज बेलुकी ६ बजेसम्मका लागि बन्द गरिएको छ । यसअघि मंगलबार दिनको साढे २ बजेदेखि विमानस्थल बन्द गरिएको थियो ।

    images

    विमानस्थल कार्यालयका अनुसार निजी वायुसेवाका हेलिकप्टर, आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडानहरू स्थगित भएका छन् ।यसैबीच आन्तरिक उडान कम्पनी बुद्ध र यति एयरलाइन्सले आजका सबै उडान स्थगित भएको जानकारी दिएको छ । बुद्ध एयरले भनेको छ- 'विषम परिस्थितिका कारण आजका सम्पूर्ण उडानहरु रद्द गरिएको छ ।

    यसबाट यात्रुवर्गमा पर्नजाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौं ।'त्यस्तै यति एयरलाइन्सले भनेको छ- 'देशको विषम परिस्थितिका कारण यती एअरलाइन्सको आजका सम्पूर्ण उडानहरु रद्द भएको जानकारी गराउँदछौं । यसबाट यात्रुवर्गमा पर्नजाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौं । धन्यवाद ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij