Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भाटभटेनीमा लुटपाट गर्ने ४ जना पक्राउ

भाटभटेनीमा लुटपाट गर्ने ४ जना पक्राउ

  • काठमाडौं । महाराजगञ्‍जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् । देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएसँगै आज बिहान १० बजेदेखि १ बजेसम्म विभिन्न ठाउँमा तोडफोड, चोरी कार्यमा सलंग्न व्यक्तिहरुलाई धमाधम पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्‍चात छोडेर भागेको नेपाली २ लाख ३२ हजार ५०० र अमेरिकी डलर २५ सय बरामद गरेको सेनाले जानकारी दिएको छ ।

    AGNI GROUP

    त्यस्तै सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नाल सहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ ।

    साथै, डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौं डिल्ली बजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरुलाई रोकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij