
Sep 09 2025 | २०८२, भदौ २४ गते
ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको ललितपुरस्थित घरमा जेन-जी आन्दोलनकारीले आगजनी गरेका छन् ।
ललितपुर महानगरपालिका–२६, सुनाकोठीस्थित गंगा दाहालको घरमा मंगलबार आगो लगाएका हुन् । आगलागीबाट घर पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
आगजनीमा घरभित्र पार्क गरिएको बीवाईडी ब्रान्डको गाडी समेत जलेर नष्ट भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij