
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । नख्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गर्न लागेको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् ।
सभापति लामिछानेले नख्खु कारागारबाटै जेनजीलाई सम्बोधन गरी विज्ञप्ती जारी गर्दै उनीहरूले सोमबारदेखि गर्न लागेको प्रदर्शनमा ऐक्यबद्धता जनाएका हुन् ।
उनले जेनजीको विवेक र आवेगसँग देशको इतिहास बदल्ने शक्ति रहेको पनि बताएका छन् । सामाजिक सञ्जाल बन्द गरेको विषयमा पनि लामिछानेले सरकारको आलोचना गरेका छन् ।
’तपाईंहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ । शासकहरुले तपाईंहरुलाइ विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दु:ख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे । सत्ता र शक्तिको नशामा अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरुलाई थाहा छैन, तपाईंहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ,’ लामिछानेले जारी गरेको विज्ञप्तीमा उनले जेनजीले गर्न लागेको प्रदर्शनको पहिलो दिनलाई नयाँ इतिहासको सुरूवात भनेका छन् । यद्यपि उनीहरू सचेत हुनुपर्ने पनि लामिछानेको सुझाव छ ।
’घुसपैठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस् । तपाईंको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईंकै हातबाट लेखिँदैछ । नख्खु जेलको कालकोठरीबाट म तपाईंहरुप्रति शुभेक्षा, सदभाव र ऐक्यबद्दता प्रकट गर्दछु,’ विज्ञप्तीमा भनिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij