Logo

Sep 04 2025 | २०८२, भदौ १९ गते

Sep 04 2025 | २०८२, भदौ १९ गते

भारतीय प्रधानन्यायाधीश नेपाल आउँदै

भारतीय प्रधानन्यायाधीश नेपाल आउँदै

  • काठमाडौं । भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई आज नेपाल आउने भएका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन् ।

    images
    images
    images

    उनी आज अपराह्न ४ बजे इन्डियन एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यतालिका छ ।

    images

    नेपाल इन्डिया जुडिसियल डायलग नाम दिइएको दुई दिने कार्यक्रम तय भएकाले त्यसैमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । कार्यक्रम भदौ २० र २१ गते काठमाडौंमा हुँदै छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij