Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

प्रधानमन्त्री र चीनका उपराष्टपति चङबीच भेटवार्ता

प्रधानमन्त्री र चीनका उपराष्टपति चङबीच भेटवार्ता

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्टपति हान चङबीच आज बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय भेटवार्ता भएको छ ।

    onlinepatrika
    Arghakhachi

    भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको थियो । भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

    AGNI GROUP

    तियानजिनमा शाङ्घाई सहयोग संगठन एससीओ को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट आजै बेइजिङ पुगेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij