Logo

Aug 28 2025 | २०८२, भदौ १२ गते

Aug 28 2025 | २०८२, भदौ १२ गते

मौसम

आजको मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

  • काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ , साथै बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको छ ।

    images
    images
    images

    विभागका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

    images

    यस्तै,बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा कैलाली जिल्लास्थित कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने ससाना खोलाहरूमा बहाव केही बढ्न सक्ने महाशाखाले जनाएको छ ।

    त्यस्तै,आज दिउसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    images

    त्यसैगरी ,आज राति देशभर साधारणतया बदली रहने छ । देशका पहाडी भूभागका धेरै स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग साथै लुम्बिनी र कोशी प्रदेशको तराईका भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij