Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

समाजवादका लागि सदाचार नीति ल्याउन खोजिएको हो : अध्यक्ष दाहाल

समाजवादका लागि सदाचार नीति ल्याउन खोजिएको हो : अध्यक्ष दाहाल

  • काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधानमा भने अनुसारको समाजवादका लागि सदाचार नीति ल्याउन खोजिएको बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    बुधबार विकास आर्थिक समितिमा बोल्दै उनले जनताको गास, बाँस, रोजगारी, शिक्षा, स्वास्थ्यमा पूर्ण पहुँचका लागि सदाचार नीति बनाउन खोजेको बताएका हुन् । 

    AGNI GROUP

    उनले भने, ‘धार्मिक भाषामा भन्दा राम राज्य अहिलेको राजनीतिक भाषामा भन्दा संविधानमा भने अनुसारको समाजवाद कतिपय राजनीतिक दलको भाषामा भन्दा त्यो साम्यवाद तर जे भने पनि मूलत गास, बाँस, रोजगारी, शिक्षा, स्वास्थ्यमा नेपाली जनताको पूर्ण पहुँच र त्यसका अधिकारलाई सदुपयोग गरेर अगाडि बढ्ने वातावरण बनाउनको निम्ति हाम्रा केही अप्ठारा, समस्या, जटिलता छन् ।

    तिनलाई हटाएर त्यो समाज निमार्ण गर्न सदाचार नीति ल्याउन खोजिएको हो । ’उनले राजनीतिकमा सदाचार नीतिको आवश्यक रहेको भन्दै राजनीतिकमा कायम गर्न सके कानून निर्माणदेखी आर्थिक पक्ष, विकास निर्माण लगायत सबै ठिक हुने बताए । 

    ‘सबैभन्दा सदाचार नीति पोल्टिक्स (राजनीतिक)मा चाइएको छ । राजनीतिकमा सदाचार नीति कायम गर्न सकियो भने त्यसैबाट सञ्चालित हुने अरु अवयवहरु कानून निर्माणदेखी आर्थिक पक्षदेखी विकास निर्माण लगायत सबै सही हुन्छ । हाम्रो विग्रेको भनेको मुहान नै सफा गर्नुपर्ने  स्थितीमा हामी छौ,’ उनले भने । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij