Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

निर्वाचन

राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन आज, न्यौपानेको एकल उम्मेदवारी

राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन आज, न्यौपानेको एकल उम्मेदवारी

आज दिउँसो ३ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले न्यौपानेलाई सभापतिमा निर्वाचित गर्ने प्रस्ताव पेश हुने भएको छ ।

  • काठमाडौं । राज्य व्यवस्था तथा शासन समितिको सभापति पदको निर्वाचन आज हुदै छ ।

    images
    images
    images

    मंगलबार भएको उम्मेदारी दर्तामा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेको मात्र मनोनयन दर्ता भएकोले उनी निर्बिरोध निर्वाचित भएकी छन् ।

    images

    आज दिउसो ३ बजे बस्ने समितिको बैठकले औपचारिक रुपमा न्यौपाने निर्वाचित भएको घोषणा गर्ने छ ।दलीय भागबन्डा अनुसार कांग्रेसको भागमा पारो हुनाले राज्य व्यवस्था समितिको सभापतिको लाग अन्य दलले उम्मेदवारी दिएका थिएनन् ।

    न्यौपानेको प्रस्तावकमा कांग्रेसका सांसद रामहरी खतिवडा रहेका छन् भने समर्थकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ रहेको संसद सचिवालयले जानकारी दिएको छ । एक मात्र उम्मेदवारी परे पछि अब न्यौपाने सभापति हुने निश्चित भएको छ ।

    अब आज दिउँसो ३ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले न्यौपानेलाई सभापतिमा निर्वाचित गर्ने प्रस्ताव पेश हुने भएको छ । यस अगाडि कांग्रेसकै सांसद रामहरी खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा विवादमा परेपछि नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए ।

    images

    संघीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गरिसक्नु पर्ने व्यवस्था गरिएकाले आज निर्वाचन हुन लागेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij