Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य, थप १५९ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य, थप १५९ जनामा संक्रमण पुष्टि

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्युहुनेको संख्या शुन्य रहेको छ भने अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार २९ पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २६४ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६६ हजार ६०० पुगेको छ।

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको छ । अहिलेसम्म नेपालमा २० लाख ७५ हजार १५२ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

    नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९७ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij