Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

पक्राउ

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप

  • काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोल बस्ने लहान नगरपालिका २४ मल्हनामाका ८८ वर्षीय वृद्ध फनिलाल यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका २ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल छन् । उनीहरुले चोरी गर्ने उद्देश्यले गएको र घरभित्र छिरेपछि ती वृद्ध हल्ला गर्न थालेपछि हत्या गरेको अनुसन्धानमा खुलेको सिरहा प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले बताए।

    images

    चौधरीको साथमा रहेको खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी र चप्पल घटनास्थलबाट बरामद भएको छ । फनिलालको साउन १४ गते हत्या भएको थियो ।

    सीसीटीभी फुटेज र हत्या भएको ठाउँमा छुटेको चप्पललाई पन्छाउँदै जाँदा साउन २३ गते आरोपित मण्डल पक्राउ परेका थिए । मण्डलले दिएको बयानका आधारमा चौधरी २७ गते पक्राउ परेको हो ।

    इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी, मधेस प्रदेश र केन्द्रीय अनुसन्धान टोलीले संयुक्त रूपमा छानबिन गरिरहेको एसपी शर्माले बताए ।

    images

    जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा सात दिनको म्याद थप भइ अनुसन्धान भइरहेको उनले सुनाए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij