
Aug 14 2025 | २०८२, साउन २९ गते
काठमाडौं । पशुपति आर्यघाटमा जलिरहेको शवका अंग खरिद गर्ने दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्ने सर्लाही जिल्लाको लालबन्दी घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी जिल्ला बलानबिहुल घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव हुन् । काठमाडौं प्रहरी प्रवक्ता एसपी कुलदीप चन्दले उनीहरू पक्राउ परेको पुष्टि गरेका छन् ।
उनीहरूले बनेपा-९ का राम शाहीको जलिरहेको शवबाट कान्छी औंलाको टुक्रा र खरानी खरिद गरेका थिए । मलामीले घाटे ब्राह्मणले खुट्टाको मासु नै बेचेको भन्दै प्रहरीलाई उजुरी गरेपछि काभ्रेकै मण्डन देउपुर घर भएका ६१ वर्षीय घाटे ब्राह्मण गणेश ढकाल र उनका सहयोगी, उदयपुर, कटारीका २४ वर्षीय विनायक मैनाली पक्राउ परेका थिए ।
उनीहरूले जलिरहेको शवबाट कान्छी औँलाको टुप्पोको सानो भाग र खरानी ४ सय रुपैयाँको लोभमा दिएको स्वीकार गरेका थिए । तर, ४ सय दिएर अंग माग गर्ने व्यक्तिले ‘भगवानको पूजा गर्नुपर्ने’ भनेको उनीहरूले प्रहरीलाई बताएका थिए ।
तर, कुन भगवानको पूजा गर्न मृत शरीरको अंग र खरानी चाहिन्छ रु यसबारे अनभिज्ञता प्रकट गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij