Logo

Aug 14 2025 | २०८२, साउन २९ गते

Aug 14 2025 | २०८२, साउन २९ गते

चक्रे मिलन फेरि प्रहरी हिरासतमा

चक्रे मिलन फेरि प्रहरी हिरासतमा

  • काठमाडौं । जिल्ला अदालतमा थुनछेक बहसको पालो नआएपछि गुण्डा नाइके चक्रे मिलन फेरि प्रहरी हिरासतमा पठाइएका छन् ।

    images
    images
    images

    अभद्र व्यवहार मुद्दामा काठमाडौं जिल्ला अदालतले बुधबार ३० हजार धरौटीमा रिहा गरेलगत्तै उनलाई कुटपिटसम्बन्धी मुद्दाको अनुसन्धानका लागि भक्तपुर पठाइएको थियो ।

    images

    थिमीस्थित प्रहरी वृत्तमा राखिएका उनलाई आज बिहानै बयानका निम्ति व्यासीस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिएको थियो । बयान सकिए पनि अदालतमा पेश गर्न समय नपुगेका कारण पुन: हिरासतमा राखिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij