Logo

Aug 14 2025 | २०८२, साउन २९ गते

Aug 14 2025 | २०८२, साउन २९ गते

नागढुङ्गा सुरूङ मार्गको दस्तुर तोकियो

नागढुङ्गा सुरूङ मार्गको दस्तुर तोकियो

  • काठमाडौं । सरकारले नागढुङ्गा सुरूङ मार्गको दस्तुर तोकेको छ । निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा सुरूङ मार्गको दस्तुर मन्त्रिपरिषद्को बैठकले तोकेको हो ।

    images
    images
    images

    जसअनुसार कार/भ्यानहरू काठमाडौं आउँदा ६५ रुपियाँ र जाँदा ६० रुपैयाँ तोकिएको छ भने मिनी बस–ट्रक काठमाडौं आउँदा ११५ र बाहिर जाँदा ८० रूपैयाँ व्यवस्था गरिएको छ ।

    images

    त्यसैगरी बस र ट्रकको काठमाडौं आउँदा २६० रुपैयाँ तोकिएको छ भने बाहिर जाँदा २०० तोकिएको छ । त्यस्तै भारी उपकरणसहितका सवारी साधन काठमाडौं आउँदा ६०० र बाहिर जाँदा २५० रुपैयाँ तोकिएको छ ।

    त्यस्तै सुरुङमार्गबाट मोटरसाइकल चलाउन भने नपाइने भएको छ । २.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्गको कुल लागत २२ अर्ब रहेको छ, जसमा जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij