Logo

Aug 10 2025 | २०८२, साउन २५ गते

Aug 10 2025 | २०८२, साउन २५ गते

एथलेटिक क्लबविरुद्ध आर्सनलको सहज जित

एथलेटिक क्लबविरुद्ध आर्सनलको सहज जित

  • काठमाडौं । आर्सनले  स्पेनको एथलेटिक क्लब बिल्वाओविरुद्ध ३–० को सहज जित निकालेको छ । इङ्लिस क्लब आर्सनले प्रि–सिजन मैत्रीपूर्ण खेल (इमिरेट्स कप) बिल्वाओबिरूद्द ३–०को सहज जीत निकालेको हो ।

    images
    images
    images

    इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनललाई जित दिलाउन भिक्टर ग्योकेरेस, बुकायो साका र काइ हाभर्टेजले गोल गरेर योगदान गरेका थिए । जसअनुसार  पहिलो हाफको ३४औं मिनेटमा ग्योकेरेसको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो भने त्यसको दुई मिनेटपछि नै साकाले टोलीको लागि दोस्रो गोल गरिदिए ।

    images

    उता, दोस्रो हाफमा हाभर्टेजले ८२ औं मिनेटमा गोल गर्दा आर्सनलले ३–० को सहज जित दर्ता गर्न सफल भयो ।  यससँगै आर्सनलले प्रि–सिजन टुरको अन्त्य गरेको छ । प्रि–सिजनमा आर्सनलले पाँच खेल खेल्दा यसअघि तीन जित र एक हारको नतिजा निकालेको थियो ।

    अब आर्सनलले अगस्ट १७ मा म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्दै प्रिमियर लिगको सुरुआत गर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij