Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

सेयर बजार

नेप्से ६३.७३ अंकले घट्यो, १३ अर्बको कारोबार

नेप्से ६३.७३ अंकले घट्यो, १३ अर्बको कारोबार

  • काठमाडौँ । नेप्से परिसूचकमा गिरावट जारी रहेको छ ।

    images
    images
    images

    नेप्से आइतबार ६३.७३ अंकले घटेर आज २८५८.९० विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९२० मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images

    आज ट्रेड टावर लिमिटेड र शिव श्री हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रोको शेयर ४.५५ प्रतिशतले बढेको छ ।

    त्यस्तै आज सबैभन्दा बढी सान्भी इनर्जीको शेयर ९.९९ प्रतिशतले घटेको छ भने समता लघुवित्तको शेयर ९.९६ प्रतिशतले घटेको छ ।

    आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको लिमिटेडको ७५ करोड ३९ लाख र हिमालयन रिइन्सुरेन्सको ७१ करोड १५ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij