Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

स्थानीय तहका कर्मचारीको समस्याबारे मन्त्री न्यौपानेको ध्यानाकर्षण

स्थानीय तहका कर्मचारीको समस्याबारे मन्त्री न्यौपानेको ध्यानाकर्षण

  • काठमाडौं । स्थानीय तह कर्मचारी संघले लामो समयदेखि कार्यरत स्थानीय तहका अस्थायी कर्मचारीलाई आस्थाका आधारमा हटाउने कार्य तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    images
    images
    images

    पेशागत महासंघ नेपालका नेतृत्वमा शुक्रवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई भेटेर संघले स्थानीय तहका कर्मचारी माग र मुद्दाहरुबारे जानकारी गराएको महासचिव शम्भु बरालले जानकारी दिए ।

    images

    संघले स्थानीय तहले गरेका समायोजनलाई सम्मान गर्दै वृत्ति विकासमा मान्यता दिन, साबिक गाविस र जिविसबाट समायोजित कर्मचारीलाई जुन सेवा सर्त र सुवधामा नियुक्त गरिएको हो सोही बमोजिम समायोजनपछि पनि सुविधा उपलब्ध गराउन माग गरेको छ ।

    पेशागत महासंघ नेपालका अध्यक्ष पुन्य ढकाल, उपाध्यक्ष भोलानाथ पोखरेलसहितका नेतृत्वमा गएको टोलीले कर्मचारीका विषयमा छलफल गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij