
Jul 26 2025 | २०८२, साउन १० गते
काठमाडौं । प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकपछि अब साउन १९ गते दिउँसो १ बजे बस्ने सभामुख देवराज घिमिरेले बताए ।
आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ माथि विचार गरियोस् भन्नेलगायतको तीन प्रस्ताव पारित गरेको थियो ।
सभामुखले सदन चलाइरहे पनि रास्वपा र राप्रपाले भने भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै निरन्तर विरोध र बहिस्कार गर्दै आइरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij