Logo

Jul 23 2025 | २०८२, साउन ७ गते

Jul 23 2025 | २०८२, साउन ७ गते

साफ यु–२० महिला टोलीस्वदेश फिर्ता

साफ यु–२० महिला टोलीस्वदेश फिर्ता

  • काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । मंगलबार स्वदेश फर्किएका टोलीलाई एयरपोर्टमा एन्फा केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए ।

    images
    images
    images

    च्याम्पियनसिपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेकी खेलाडी पूर्णिमा राईले अन्तिममा आएर बंगलादेशसँगको खेलमा हार व्यहोर्नपर्दा दुःख लागेको बताइन् । छिटो भन्दा छिटो राष्ट्रिय टिममा खेल्ने आफ्नो टार्गेट रहेको पनि उनले सुनाइन् ।

    images

    उनले उचित क्याम्प र ट्रेनिङ हुन नसक्दा खेल बंगलादेशसँग पराजित हुन पुगेको पनि बताइन् । बंगलादेशमा सोमबार भएको फाइनलमा नेपाल घरेलु टोलीसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

    नेपालले श्रीलंका र भुटानविरूद्धका दुवै खेलमा  जित निकाले पनि बंगलदेशविरूद्धका दुवै खेलमा पराजित भएको हो । नेपाल यसअघि लिग चरणको पहिलो खेलमा बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।

    डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा यसअघि नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । यस्तै भुटानलाई ६–१ र ८–० गोलले हराएको थियो । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij