
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । सामाजिक विषयमा आधारित रहेर फिल्म ‘बिहे पास’ निर्माण हुने भएको छ । फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहने छ भने फिल्म प्रवेश पौडेलले निर्देशन गर्न लागेका हुन् । प्रवेशले यस अगाडि ‘अमेरिका ब्वाइज’ नामक फिल्म निर्देशन गरेका थिए ।
रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा हुन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन चैत्र पहिलो साताबाट सुरु हुने भएको छ ।
आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखन रहेको छ । सामाजिक कथामा कमेडी समेत मिसाइएको फिल्मको सुटिङ तराईका बिभिन्न भागमा हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij