Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

केन्द्रीय विद्युत् प्रसारण लाइन

बाढीले पावरहाउस बगाउँदा बिजुली आपूर्ति बन्द

बाढीले पावरहाउस बगाउँदा बिजुली आपूर्ति बन्द

  • काठमाडौं । जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावर हाउस बगाएको छ।

    images
    images
    images

    आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गंगा आचार्यले बताए। गत वर्ष ३५ लाख रुपैयाँ खर्चेर बनाइएको स्टिल पुल पनि बगेको आचार्यले बताए।

    images

    बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ। ट्रान्सफर्मरमा क्षति भएपछि पैयुथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ।

    पैयुथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन्। सात परिवार बाढीपहिरोको जोखिममा रहेको स्थानीय आचार्यले बताए। बाढीबाट खोला किनारमा लगाइएको धानबाली क्षति भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij