
Jun 26 2025 | २०८२, असार १२ गते
काठमाडौं । यस साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचकमा आज सामान्य घटेको छ । आज नेप्से ४ दशमलव ४५ अंकले घटेर २६९५ दशमलव ७४ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३०६ कम्पनीका एक करोड ९६ लाख ५० हजार २१० कित्ता शेयर ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २४३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर मुल्य सबैभन्दा बढी ९ दशमलव १८ प्रतिशतले बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मुल्य ९ प्रतिशतले बढेको छ ।
त्यस्तै आज रिलायबल समृद्धि योजनाको शेयर मुल्य सबैभन्दा बढी ९ दशमलव ३० प्रतिशतले घटेको छ भने ओम मेघाश्री फार्माको शेयर मुल्य ६ दशमलव ०६ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार वुटवल पावरको शेयर ६२ करोड ५२ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij