
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधि सभा बैठक बहिस्कार गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा नाराबाजी गर्दै रास्वपा सांसदहरुले बैठक बहिस्कार गरेर हिँडेका हुन् ।
गत जेठ १३ गतेबाट संसदमा निरन्तर विरोध जनाइरहेको रास्वपाले आज बैठक नै बहिस्कार गरेको हो ।
उनीहरुले आफूहरुको आन्दोलन जारी रहेको भन्दै विरोध जनाएका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै रास्वपाले उनको राजीनामा माग्दै आइरहेको छ । गृहमन्त्री लेखकको राजीनामा, उच्चस्तरीय छानबिन समितिलाई मुख्य बटमलाइन बनाएको रास्वापले यसअघिका सबै बैठकहरुमा विरोध जनाउँदै आइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij