Logo

Jun 12 2025 | २०८२, जेठ २९ गते

Jun 12 2025 | २०८२, जेठ २९ गते

बेलायतले दुई इजरायली मन्त्रीहरूलाई प्रतिबन्ध लगायो

बेलायतले दुई इजरायली मन्त्रीहरूलाई प्रतिबन्ध लगायो

  • काठमाडौं । बेलायतले कब्जा गरिएको वेस्ट बैंकमा “प्यालेस्टिनी समुदायहरू विरुद्ध बारम्बार हिंसा भड्काएको” आरोपमा दुई अति-दक्षिणपन्थी इजरायली मन्त्रीहरूमाथि प्रतिबन्ध लगाएको छ।

    images
    images
    images

    बेलायती विदेश सचिवले इटामार बेन-ग्भिर र बेजालेल स्मोट्रिच दुवैलाई बेलायत प्रवेशमा प्रतिबन्ध लगाइने र बेलायतमा रहेको उनीहरूको सबै सम्पत्ति जफत गरिने बताएका छन्।

    images

    बेलायती विदेश सचिव डेभिड लामीले इजरायलका अर्थमन्त्री स्मोट्रिच र राष्ट्रिय सुरक्षामन्त्री बेन-ग्भिरले “प्यालेस्टिनीहरू विरुद्ध अतिवादी हिंसा र मानव अधिकारको गम्भीर उल्लंघनलाई उक्साएको” बताए।

    जवाफमा इजरायलले भन्यो, “निर्वाचित प्रतिनिधि र सरकारका सदस्यहरूमाथि यस्तो प्रतिबन्ध लगाइनु अत्यन्तै अपमानजनक छ।”

    यी प्रतिबन्धहरू मंगलबार घोषणा गरिएको बेलायत, नर्वे, अष्ट्रेलिया, क्यानडा र न्यूजील्याण्डको संयुक्त कारबाहीको अंश हुन्।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij