
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौँ। अवैध रूपमा अमेरिका पुगेका थप ५० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।
उनीहरूलाई चार्टर्ड विमान मार्फत नेपाल फिर्ता पठाएको छ । आज दिउँसो ४ बजे उनीहरु नेपाल आईपुग्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एकजना अधिकृतले बताए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागु गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् । यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो ।
ट्रम्पले शासन सम्हाले पछि मात्रै अमेरिका बाट डिपोर्ट हुने नेपालीको संख्या १ सय पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij