Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

न्युज कारखानाकर्मी बस्नेतलाई वातावरण पत्रकारिता पुरुस्कार

न्युज कारखानाकर्मी बस्नेतलाई वातावरण पत्रकारिता पुरुस्कार

  • काठमाडाैं । नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले विश्व वातावरण दिवस (जून ५) को अवसरमा प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार पत्रकार विशाल बस्नेतलाई प्रदान गर्ने भएको छ ।

    images
    images
    images

    न्युज कारखाना र सौर्य राष्ट्रिय दैनिकका लागि महोत्तरीबाट वातावरण र दिगो विकासका विषयमा खोजमुलक समाचार लेख्दै आएका उनलाई समूहले नगद र सम्मानपत्र प्रदान गर्नेछ । पुरस्कार समूहको आगामी साधारणसभामा हस्तान्तरण गरिने छ ।

    images

    गत वर्ष (सन् २०२४मा) वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरूबाट बस्नेत सर्वोत्कृष्ट चयन भएका हुन् । समूहले विश्व वातावरण दिवसमा पत्रकारहरूलाई प्रोत्साहन गर्न विगत ४ दशकयता वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij