
Jun 07 2025 | २०८२, जेठ २४ गते
काठमाडौं । डाँकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नुका साथै एक जनाको गोली हानेर हत्या गरेको छ ।
बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले बताए । आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् ।
चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको प्रहरीले जनाएको छ । प्रहरीले डाँकाहरूको खोजी भइरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij