Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

नेपाली बजारमा आँप

कार्बाइड युक्त आँप बजारमा छ्यापछ्याप्ती

कार्बाइड युक्त आँप बजारमा छ्यापछ्याप्ती

बजारबाट आँप किन्दा सावधानी अपनाउन विज्ञहरुको सुझाव छ ।

  • काठमाडौं । सिजन सुरु नहुँदै पाकेको आँप बजारमा बिक्री हुन थालेको छ ।

    images
    images
    images

    नेपाली आँप असार लागेपछि मात्र तयार हुने भए पनि केमिकल (कार्बाइड) प्रयोग गरी पकाइएको आँप होलसेलर हुँदै खुद्रा व्यापारी मार्फत घरघरमा पुगिरहेको छ ।

    images

    कार्बाइडले आँपलाई स्वास्थ्यका लागि हानिकारक बनाइदिन्छ । त्यसैले बजारबाट आँप किन्दा सावधानी अपनाउन विज्ञहरुको सुझाव छ । सिजनमा प्राकृतिक रुपमा पाकेको फलफूलमात्र खान स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् ।

    राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार नेपालमा अगौटे जातको आँप पाक्ने स्वाभाविक समय अझै भइसकेको छैन । असार लागेपछि मात्र यो आँप बजारमा आइपुग्छ । तर, बजारमा भने बिक्री हुन थालेको धेरै भइसक्यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij