Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

शिलान्यास

भैरहवामा भाटभटेनी समूहको प्रवेश, गार्मेन्ट उद्योगको शिलान्यास

भैरहवामा भाटभटेनी समूहको प्रवेश, गार्मेन्ट उद्योगको शिलान्यास

भैरहवामा अत्यधुनिक गार्मेन्ट उद्योग स्थापनाका लागि शिलान्यास भएको हो ।

  • काठमाडौं । भाटभटेनी समूहले भैरहवामा अत्यधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ । भाटभटेनी, व्यवसायी उमेश श्रेष्ठसहितको टिमले विशेष आर्थिक क्षेत्र भैरहवामा अत्यधुनिक गार्मेन्ट उद्योग स्थापनाका लागि बुधबार शिलान्यास भएको हो ।

    images
    images
    images

    समूहका अध्यक्ष मीनबहादुर गुरूङले भूमि पूजासहित बुधबार उद्योगको शिलान्यास गरेका हुन् । व्यापारिक ‘यस नयाँ परियोजनाले भाटभटेनीको विविधिकरणमा एक महत्वपूर्ण कदम चालेको छ भने नेपालको औद्योगिक वातावरण सुधारोन्मुख रहेको सकारात्मक सन्देश प्रवाह गरेको छ,’ भाटभटेनीका सीओओ पानु पौडेलले भने ।

    images

    यस उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । जसले मुख्यता स्थानीय जनशक्ति तथा त्यस क्षेत्रको आर्थिक विकासमा योगदान पुऱ्याउनेछ ।

    अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने भएको छ ।

    ‘यस परियोजनाले भाटभटेनीको स्थानीय उत्पादन, बजारीकरण र रोजगारीलाई बढाउने रणनीतिक योजनालाई विस्तार गर्नमात्र होइन, नेपालका औद्योगिक नीतिहरू र वातावरण सुधार हुँदै गएको सकारात्मक सन्देश दिने एउटा माध्यम बन्नेछ भन्ने विश्वास पनि लिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij