Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

थप पाँच जना कोरोना सङ्क्रमितको मृत्यु

थप पाँच जना कोरोना सङ्क्रमितको मृत्यु

  • काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा थप पाँच जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    images
    images
    images

    स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार महाराष्ट्रमा दुई जना तथा केरला, तमिल नाडु र वेष्ट बंगालमा एक/एक जनाको मृत्यु भएको हो ।

    images

    मृत्यु हुनेमा महाराष्ट्रका ७० र ७३ वर्षीया महिला, केरलाका ८० वर्षीय पुरुष, तमिल नाडुका ६९ वर्षीया महिला र वेष्ट बंगालका ४३ वर्षीया महिला छन् । मृत्यु हुनेहरूमा कुनै न कुनै दीर्घ रोग रहेको बताइएको छ ।

    यस्तै, भारतमा पछिल्लो २४ घण्टामा ६५ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ५१२ जना निको भएर घर फर्किएका छन् । हाल भारतमा जनवरीयता कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार २६ छन् भने त्यसमध्ये दुई हजार ७०० जना निको भएका छन् ।

    भारतमा कोरोना संक्रमित र मृतकको सङ्ख्या बढ्दै गएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij