Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

अदिशले अस्ट्रेलियामा जिते स्वर्ण पदक

अदिशले अस्ट्रेलियामा जिते स्वर्ण पदक

  • काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा आइतबार स्वर्ण पदक जितेका छन् ।

    images
    images
    images

    अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमूनि उमेर समूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कूल ६.२३ अङ्क जोडे ।

    दश दिनको अवधिमा अदिशको यो दोस्रो अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले २१ औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सोही स्पर्धामा रजत जितेका थिए ।

    वाटा ओपन जापानको ओसाकामा अप्रिल २५ देखि २७ तारिखसम्म भएको थियो । अदिश जापानबाटै गोल्डकोस्ट ओपन खेल्न अस्ट्रेलिया गएका थिए । नामी इन्टरनेसनल कलेजमा ११ कक्षामा अध्ययनरत अदिश तेक्वान्दोमा तेस्रो डान प्राप्त खेलाडी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij