Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

गर्भवती किशोरी

गर्भवती किशोरीको हेलिकोप्टर मार्फत उद्धार

गर्भवती किशोरीको हेलिकोप्टर मार्फत उद्धार

सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षीया किशोरीको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार

  • काठमाडौँ । सुत्केरी व्यथा लागेकी हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षीया किशोरीको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

    images
    images
    images

    सुत्केरी हुन डेढ महिना बाँकीको समय हुँदै गरेकी गर्भवती पुष्पा बोहरा भण्डारीको आज बिहान सदरमुकाम सिमकोटबाट जिल्लाबाहिर उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.प्रतीक्षा भारतीले बताइन् ।

    आइतबारदेखि एक्कासि उच्च रक्तचाप भएपछि जिल्लामा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेतमा ‘रेफर’ गरिएको प्रमुख भारतीले बताइन् ।

    प्रसवव्यथा लागेकी भण्डारीको जिल्ला अस्पतालमा जाँच गर्दा उच्च रक्तस्राव मात्रै नभएर पेटमा रहेको बच्चा ठाडो हुनुपर्नेमा तेस्रो भएको र बच्चाको टाउको अगाडि हुनुपर्नेमा साल अगाडि भएकाले जिल्लामा उपकरण, औजारलगायत दक्ष जनशक्ति अभावले जिल्लाबाहिर सुर्खेत उद्धार गरिएको हो । भण्डारीलाई ‘अप्रेसन’ गर्नुपर्ने अवस्था आएको हुनाले सुविधा सम्पन्न अस्पताल सुर्खेत पठाइएको हो ।

    भण्डारीको उद्धारमा जिल्ला अस्पताल हुम्लाको सिफारिसमा सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कोष कार्यक्रमबाट उद्धार गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij