Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

शव फेला

खेतमा गाडिएको अवस्थामा बालकको शव फेला

खेतमा गाडिएको अवस्थामा बालकको शव फेला

करिब ९ वर्षका बालकको शव फेला

  • काठमाडौँ । बाँकेको बैजनाथ गाउँपालिका–४, नउलापुरमा खेतमा गाडेको अवस्थामा करिब ९ वर्षका बालकको शव फेला परेको छ।

    images
    images
    images

    बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रेशम पौडेलका अनुसार बालक कोहलपुरमा डेरा गरी बस्ने यशोदा बुढाका छोरा भएको पुष्टि भएको बताए ।

    कुशलको शवलाई सानो खाल्डो खनेर गाडिएको थियो । बाख्रा चराउन गएका मान्छेले बालकको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी गएर शव निकालेको हो ।

    कोहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल वैशाख ८ गतेदेखि हराइरहेको भन्दै आमा यशोदले ९ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा निवेदन दिएकी थिइन् ।

    प्रहरीका अनुसार, कुशलका बुबाको मृत्य भइसकेको र आमाले दोस्रो बिहे गरेकी थिइन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान लागि आमा र सौतेनी बुबालाई नियन्त्रणमा लिएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij