Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

एनएसएलमा ललितपुर र झापा खेल्दै

एनएसएलमा ललितपुर र झापा खेल्दै

  • काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा बुधबार ललितपुर सिटी एफसी र झापा एफसी खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

    images
    images
    images

    दुवै टिमको यो अन्तिम लिग खेल हो । ५ खेलबाट ११ अंकसहित ललितपुर दोस्रो स्थानमा छ । झापाको ५ खेलबाट ४ अंक मात्र छ र छैटौं स्थानमा छ ।

    साविक विजेता ललितपुरले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको छ र शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर नै खेल्ने पक्का भइसकेको छ ।

    अर्कोतर्फ झापा एफसी भने प्लेअफ होडबाट बाहिरिसकेको छ । मंगलबार पोखरा थण्डर्सले बुटवल लुम्बिनीलाई हराएपछि झापा अन्तिम लिग खेल्नुअघि नै बाहिरिएको हो । झापाको अब सान्त्वना जितसहित लिग टुङ्गाउने योजनामा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij