
Aug 27 2025 | २०८२, भदौ ११ गते
काठमाडौं । भारतीय स्पीनर रविचन्द्रन अश्विनले आईपीएल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत निर्णय सार्वजनिक गर्दै अब विश्वका विभिन्न लिगमा जोडिने दिएका छन् ।
‘हरेक अन्त्यसँग नयाँ सुरुवात हुन्छ । आज मेरो आइपिएल करियर समाप्त भएको छ, तर विभिन्न लिगमार्फत क्रिकेट अन्वेषणको यात्रा सुरु हुन्छ’ अश्विनले लेखेका छन् ।
आईपीएलमा चेन्नई सुपर किङ्स (सीएसके)बाटै करियर सुरु गरेका उनी चेन्नईमा सर्वाधिक सफल रहे । अश्विनले सन् २००९ मा सीएसकेमार्फत आईपीएलमा डेब्यु गरेका थिए र १६ सिजनमा २२१ खेल खेलेर १८७ विकेट लिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij