
Aug 27 2025 | २०८२, भदौ ११ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएको छ ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।
रविले सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा दिएको बिगो बुझाएर रिहा गर्न मागसहितको निवेदनमा रिहा गर्न अस्वीकार गरेपछि त्यस आदेशको विरुद्ध उच्च अदालत बुटवलमा निवेदन दायर गरेका थिए ।
गत साउन २६ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद सापकोटाको इजलासले रवि लामिछानेको निवेदनमा आदेश दिदै बैंक ग्यारेन्टीमा छोड्न अस्वीकार गरेको थियो ।
लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार गत चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij