Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

प्रहरी जवान बलात्कार आरोपमा पक्राउ

प्रहरी जवान बलात्कार आरोपमा पक्राउ

  • काठमाडौं । सिरहामा एक प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले इलाका प्रहरी कार्यालय लहानमा कार्यरत मुद्दा शाखाका प्रहरी जवान नवीन यादवलाई  पक्राउ गरेको हो  ।  

    images
    images
    images

    पीडित महिलाले यादवविरुद्ध बिहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटकपटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । 

    पीडित इलाका प्रहरी कार्यालय लहानमा पटकपटक जाहेरी दिन गएकी थिइन् । तर जाहेरी दर्ता नभएपछि जिल्ला प्रहरी कार्यालयमा गएर उजुरी दर्ता गराउनु परेको थियो । 

    यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले कानुनी प्रक्रिया अनुसार पीडितको जाहेरीका आधारमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी यादवलाई पक्राउ गरिएको जानकारी दिए ।

    हाल उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij