Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी स्थगित

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी स्थगित

  • काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको निक्षेप भुक्तानीको कार्य स्थगित भएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाले निक्षेप भुक्तानी कार्य स्थगित भएको जानकारी दिए ।

    images
    images
    images

    यस बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहबाट संस्था व्यवस्थापन तथा सञ्चालन भई रहेको छ ।

    प्राथमिकताको आधारमा बैंकमा क्रमशः निक्षेपकर्ताहरुलाई निक्षेप भुक्तानी भइरहेको थियो । मंगलवारदेखि शुक्रवारसम्म निक्षेप भुक्तानीको कार्य स्थगन गरिएको उनले जानकारी दिए ।

    हाल तरलता व्यवस्थापनको कार्य भइरहेको हुँदा तरलता व्यवस्थापन भएपछि निक्षेप भुक्तानीको कार्य पुनः सुचारु गर्ने समेत उनले जानकारी दिए ।

    निक्षेपकर्ताहरुको निक्षेप भुक्तानी गर्ने कार्यलाई यस समूहले पहिलो प्राथमिकतामा राखी कार्य गरिरहेको र नियमानुसार क्रमशः भुक्तानी हुने उनले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij