
May 12 2025 | २०८२, वैशाख २९ गते
रुकुम : ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुकुम पूर्वको भूमे गाउँपालिका -७ लाभाङका २९ वर्षीय सुर्जे रोका मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो।
मगरले ती महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij