Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

महानगरमा वायु गुणस्तर निगरानी उपकरणको उदघाटन

महानगरमा वायु गुणस्तर निगरानी उपकरणको उदघाटन

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले वायु गुणस्तर निगरानी उपकरणको उदघाटन गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबिच उक्त उपकरण उदघाटन गरिएको हो । सोही क्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिकाभित्र १८ वटा विभिन्न स्थानहरुमा वायु गुणस्तर मापन यन्त्र जडान गर्दै जाने बताएकी छन् ।

    images
    images
    images

    उनले भनिन्, ‘आज हामीले वायु गुणस्तर मापन गर्ने यन्त्र जडान कार्यक्रमको पहिलो कदम चालेका छौ । काठमाडौं महानगरपालिकाको केन्द्र अफिसबाट जडानको सुरुवात गर्यौं र साथै काठमाडौं महानगरपालिका भित्र नै हामीले १८ वटा विभिन्न स्थानहरुमा वायु गुणस्तर मापन यन्त्र जडान गर्दै छौ ।’ यस्तै, यो यन्त्र जडान गर्नुको उद्देश्य काठमाडौं महानगरपालिका वायु प्रदुषण नियन्त्रण गर्नको लागि प्रतिबद्ध छ भन्ने सन्देश दिनु भएको पनि उनको भनाई छ ।

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij