
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सर्वोच्च अदालतले लामो यातायात सेवामा कम्तीमा २ जना चालक अनिवार्य रूपमा राख्ने व्यवस्था गर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
ऐनको दफा १०२ ले निर्धारण गरेको सिट क्षमता भन्दा बढी यात्रुलाई सार्वजनिक सवारीमा नचढाउनु तथा सवारीभित्र यात्रुको इच्छा विपरीत ठूलो स्वरमा म्युजिक सिस्टम नबनाउन पनि आदेश दिएको छ ।
उच्च वाहन शक्ति अर्थात् मोटरसाइकल चालकले सडक यात्रु र समाजलाई आतंकित हुने गरी ठूलो स्वर र तीव्र गतिमा मोटरसाइकल नलचालनउन, १८ वर्ष उमेर पुरा नभएका नाबालकलाई परिचालकको काममा नलगाउन पनि अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
रिट निवेदकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij